राममणि बहुमुखी क्याम्पसको वाषिर्कोत्सव

मणिग्राम,  फाल्गुण । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३० औं वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोह आज (आज० सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि एवम् प्रदेश सभा सदस्य लिला गिरिले विगतदेखि सबैको सहयोगमा हुर्किएको राममणिलाई राष्ट्रिय प्रतिस्पर्धामा पनि अब्बल बनाउन आफ्नो सहयोग रहने बताउनुभयो । त्यसैगरी अर्का प्रदेशसभा सदस्यद्वय रमा अर्याल र तुल्सीप्रसाद चौधरीले राममणि क्याम्पस बुटवल र सिद्धार्थनगरबीचमा गौरवको रूपमा रहेको चर्चा गर्दै क्याम्पसलाई थप विकसित गर्न आफूहरूले जोड दिने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसको बहुपक्षीय र समग्र वृद्धिका लागि सञ्चालकहरू, स्थानीय समाज र सबै दलहरूपनि एकजुट भएका अवस्थामा यसको थप प्रगति सहज रहेको उल्लेख गर्नुभयो ।

वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले राममणिको प्रयास विश्वव्यापी उत्कृष्टता र गुणस्तरीय प्राविधिक शिक्षामा केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रमकै अवसरमा काठमाण्डौं निवासी रीता उपाध्याय तथा अर्जुनकेशरी उपाध्यायले क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि १७ (सत्र० लाख रूपियााको छात्रवृत्ति अक्षयकोष दान स्वरूप हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा, उहााहरूलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा, क्याम्पसले वाषिर्क रूपमा प्रकाशन गर्ने एवम् गोपाल पन्थीको प्रधान सम्पादकत्वमा प्रकाशित मुखपत्र दीपिकाको तेह्रौं अङ्कको विमोचन गरिएको थियो ।

मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक प्राध्यापकहरूः पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, सह(प्राध्यापक कुमारी राधा गुरूङ्, दीर्घसेवी प्राध्यापकहरूः प्रा।डा। बाबु राम ज्ञवाली, डा। बाबुराम ज्ञवाली, कर्मचारीहरू अम्बिका न्यौपाने र अम्बिका रानालाई कदर(पत्र सहित सम्मानित गरिएको थियो ।

त्यसैगरी वर्षभरिका उत्कृष्ट शिक्षक तथा कर्मचारी, शत प्रतिशत नतीजा प्राप्त गर्ने विषयका शिक्षक, वर्षभरिका उत्कृष्ट शैक्षिक नतीजा हासिल गर्ने विद्यार्थी, वाषिर्कोत्सव सप्ताह अन्तर्गत सञ्चालित खेलकुद तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरू, रक्तदाता लगायतलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

कार्यक्रममा अभिभावक एवम् नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगरइञ्चार्ज लक्ष्मण खनाल, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे।पी। कण्डेल, क्याम्पसका आजीवन सदस्य गिरिराज पाठक लगायतले बोल्दै क्याम्पसको विकाशमा सहकार्य गर्न आफूहरू सदैव तत्पर रहेको बताउनुभयो ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपाल भट्टराई, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डे, राममणि क्याम्पस प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली, कर्मचारी संघका सभापति उमेशकुमार शाही, विद्यार्थी टी।आर। न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल आइडलका प्रतिस्पर्धी एवम् विद्यार्थी अप्सर अली भाट सहितका विद्यार्थीहरूले साहित्यिक, व्यङ्ग्यात्मक, नाटक, गीत, गजल, कविता, नृत्य लगायत साास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

२०४५ सालमा व्यवस्थापन विषयमा सम्बन्धन लिएर स्थापित भई हाल बहुमुखी क्याम्पसका रूपमा राममणिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म विभिन्न ११ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.