प्रधानमन्त्री ओलीद्वारा नेता नेपाललाई जन्मदिनको शुभकामना

काठमाण्डौ २२ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर वहाँलाई दीघार्यूको कामना गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले ‘वर्थ डे केक’खुवाएर नेता नेपाललाई शुभकामना वयक्र गर्नुभएको छ । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिंदै आफ्नो जन्मोत्सवको केक खुवाउनु भएको छ ।
बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.