२० औं संस्करणको तिलोत्तमा गोल्डकप आजदेखि बुटबलमा सुरु

बुटवल । २० औं संस्करणको तिलोत्तमा गोल्डकप आजदेखि बुटबलमा सुरु भएको छ । उद्घाटन खेलमा लाली रुपन्देही ११ ले सुदुरपश्चिम ११ लाई दुई सुन्य ले हरायो ।
प्रतियोगिताको भोलीको खेल कास्की ११ र फेन्स्र क्लव काठमान्डौ बिच हुनेछ । प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सहित, सदुरपश्चिम–११,सिएमजी संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, फ्रेण्डस क्लब, कास्की–११, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्रीस्टार क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्ने समेत आयोजकल जनाएको छ । विद्यागत रुपमा उत्कृष्ठ खेलाडीलाई समेत नगदद्वारा पुरस्कृत गरिनेछ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा २०३३ सालदेखि गोल्डकप शुरु भएको हो । एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा शुरु प्रतियोगितामा दर्शकका लागि ९ हजार क्षमताको प्यरापिट निर्माण गरिएको छ । ५ हजार क्षमताको स्थायी र चार हजार क्षमताको अस्थायी प्यारापिट तयार भएको हो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.