विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु २२जना घाईते

काठमाडौं, २८–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको भने २२जना घाईते भएका छन् ।
एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।
ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको बताइएको छ ।
विमानस्थनल मा धुवाको मुस्लो देखिएको छ । यात्रुको उद्दार भैरहेको छ।

युएस बंगला एयरलाइन्नसको अवतरणका क्रममा आगलागी भएर दुर्घटनाग्रस्त हुँदा  ४९ यात्रुको मृत्यु भएको छ ।
बिमानमा ६७ जना सवार थिए । ती मध्ये ३३ जना नेपाली थिए । विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्य थिए । घाइतेलाइ काठमाण्डोैका विभिन्न अस्पताल लगिएको छ ।
विमानस्थल प्रशासनले विमानलाइ दक्षिणबाट अवतरण गर्न भनिएको तर उत्तरपुर्व गएको जनाएको छ ।
अवतरणका क्रममा विमान रनवे छाडेर वार भत्काउदै खाल्डोमा जोतिएपछि आगो लागेको थियो ।

दुर्घटनाग्रस्त युएसबंगलामा सवार नेपाली यात्रुहरु बालकृष्ण थापा ज्ञानुकुमारी गुरुङ प्रशन्न पाण्डे अवदेशकुमार यादव श्रया झा सञ्जय महर्जन सन्जय पौडेल अन्जली श्रेष्ठ निगा महर्जन कृष्णकुमार साहनी प्रिन्सी धामी आस्ना शाक्य चारु बराल अल्गिना बराल सरुना श्रेष्ठ समिरा व्यञ्जनकार सोविन्द्रसिंह बोहरा माली महर्जन श्वेता थापा पुर्णिमा लोहनी विनोद राज पौडेल केशब पाण्डेय सनम शाक्य हरीप्रसाद सुबेदी दयाराम ताम्राकार हरिशंकर पौडेल रहेका छन

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.