तिलोत्तमा गोल्डकप टाइबेकरमा ४–३ थ्रिस्टार जित

बुटवल ।
टाइबेकरमा जित निकाल्दै थ्रिस्टार फुटवल क्लव बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रेण्डस् क्लवसंग मैदानमा उत्रिएको थ्रिस्टारले ४–३ को नतिजासंगै अन्तिम चारमा सुरक्षित भएको हो ।
निर्धारित समयमा २÷२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइवेकरमा फ्रेण्डसका बिदेशी खेलाडी सायला र सरोज योन्जनले गोल गर्नबाट चुक्दा थ्रिस्टारको भाग्य खुलेको थियो । हारसंगै १५ औ तिलोत्तमा गोल्डकप उचालेको फ्रेण्डस क्वाटरफाइनलबाटै बाहिरिएको छ ।। फ्रेण्डसका कुलदीप कार्की, जगबु शेर्पा र प्रसाद गुरुङले पेनाल्टीको सदुपयोग गरेका थिए ।
थ्रिस्टारका लागि निराजन बस्नेत, बिजय धिमाल, बुद्ध चेम्जोङ र निराजन खड्का जाली चुमाउन सफल भए । रिजन धिमालको बल भने बाहिरिएको थियो । आजको खेलमा थ्रिस्टरका गोलरक्षक एलन न्यौपाने म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेल मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीका बिच हुने छ । देबिनगरस्थित एन्फा टेक्निकलको खेल मैदानमा भइरहेको प्रतियोगिताको विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्ने फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए । विद्यागत रुपमा समेत उत्कृष्ठ खेलाडीलाई समेत नगदद्वारा पुरस्कृत गरिनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.