हामीलाई शंका थियो–यात्रु पाण्डे

 

हामीलाई शंका थियो–यात्रु पाण्डे

काठमाडौं(दुर्घट्ना अघि जहाजभित्रको अवस्था सामान्य थियो । हामी राम्ररी आइरहेका थियौ । धेरै चिनेका ट्राभल्सका साथीहरु पनि थियौ । जव जहाज एयरपोर्ट नजिकै आयो तव कोटेश्वर तिरबाट ल्याण्ड गर्नुपर्नेमा भक्तपुर साइडबाट एयरपोर्ट क्रस गरेर अघि बढ्यो । जहाज कपनतिर घरहरु,रुखहरु छोला झै गरेर उडेको थियो। एकदमै तलतल घुमायो । हामीलाई शंका थियो केही गडबढी छ भनेर । तर ल्याण्डिङको समय नपाएर होला भन्ने लाग्यो । हामीले टावरको कारणले टाइम लिएको होला भन्ने सोच्यौ । ल्याण्डिङमा समस्या छ कि भन्ने लाग्यो । तर जहाज फेरि बालाजुतर्फ घुमाएर ल्यायो । अनि ल्याण्ड गर्न लाग्दा खुसी लागेको थियो । तर प्लेन एयरपोर्टमा देव्रे साइडमा ल्याण्ड गर्यो । त्यो रनवे बाहिर रहेनछ । प्लेन बजारियो त्यही थाहा छ त्यसपछि केही थाहा भएन म कसरी बाहिर निस्के । म अगाडि नै थिए प्लेनमा । ढोकाको छेउमा थिए सायद त्यही भएर ढोका खुलेकोले बाँचे की । बाहिर निस्केपछि म भाग्न चाहन्थे । तर खुट्टा दुखेकोले भाग्न सकिन ।

–क्षेत्रीय होटल संघ चितवनका अध्यक्षसमेत रहेका केशव पाण्डेसँग गरिएको कुराकानी । ललितपुरको मेडिसीटी अस्पतालमा उपचाररत पाण्डेको खुट्टामा चोट लागेको छ ।

उपचाररत नेपाली
केशव पाण्डे नेपाली मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईं नेपाली न्युरो अस्पताल
दयाराम ताम्राकार नेपाली ग्रान्डी अस्पताल
किशोर त्रिपाठी नेपाली ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी नेपाली ग्रान्डी अस्पताल
विनोद पौडेल नेपाली ग्रान्डी अस्पताल
बसन्त बोहरा नेपाली नर्भिक
आशिष रन्जित नेपाली नर्भिक
सनम शाक्य नेपाली नर्भिक
पिंकी धामी नेपाली केएमसी
सविना व्यञ्जीनकार नेपाली केएमसी

उपचाररत विदेशी
नाम नखुलेको बंगाली नर्भिक
मोहमद रिजवान हक्यु बंगाली ओम अस्पताल चावहिल
ईन्द्रना कविर विदेशी केएमसी
कबिर हुसेन विदेशी केएमसी
रसिद हुसेन विदेशी केएमसी
मेहेन्दी हसन विदेशी केएमसी
रजिना अब्दुल्लाहा विदेशी केएमसी
डा इर्जना विदेशी केएमसी
श्रहना विदेशी केएमसी
सरिन अहमद विदेशी केएमसी
महमद सहिन विदेशी केएमसी

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.