मनाङलाई २–१ ले पराजित गर्दै थ्रिस्टार उपाधि नजिक

बुटवल ।

तिलोत्तमा गोल्डकपको उपाधिका लागि थ्रिस्टार र नेपाल पुलिसबीच प्रतिष्पार्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा मनाङलाई २–१ ले पराजित गर्दै थ्रिस्टार उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफको २३ औं मिनेटमा विदेशी खेलाडी फोलोरेक्सको गोलसंगै भएको अग्रता कायम गर्न नसक्दा मनाङ फाइनलबाट बञ्चित भएको छ । मनाङको अग्रतालाई थ्रिस्टारले एक मिनेट समेत टिक्न नदिई बराबरी गरेको थियो । थ्रिस्टारका बुद्ध चेम्जोङले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

पहिलो हाफकै ३९ औै मिनेटमा थ्रिस्टारका क्याप्टेन निराजन खड्काको हेड गोलसंगै टिमले २–१ को अग्रता बनायो । खड्काकै गोल निर्णायक बनेपपछि थ्रिस्टार फाइनलमा पुगेको हो ।

बिहिबारको खेलमा थ्रिस्टारका बुद्ध चेमजोङ म्यान अफद म्याच बनेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.