५ नम्वरका मुख्य न्यायधिवक्ताले लिए शपथ

 

बुटवल । प्रदेश नम्बर ५ का प्रमुख न्याधिवक्ता ठाकुर डिसीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको विशेष समारोहका बीच तुल्सीपुर उच्च अदालतका मुख्य न्यायाधिस नहकुल सुवेदीले डिसीलाई शपथ गराएका हुन् ।
समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, मन्त्री कुलप्रसाद केसीको उपस्थिति रहेको थियो ।
दाङका कानुन व्यवसायी डिसीलाई मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले नियुक्त गरेका थिए । नियुत्तीको लामो समय सम्म सपथ कस्ले खुवाउने बारेमा अन्योल थमा रहेकाले सपथमा ढीलाई भएको बताईएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.