पश्चिम नेपालले प्रदेश सरकारलाई आफ्नो भवन निःशुल्क दिने

 

बुटवल चैत्र १
पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश सरकारलाई आवश्यक परे संघको सचिवालय रहेको भवन उपलब्ध गराउने निर्णय गरेको छ ।
संघको शुक्रवार बसेको कार्यसमिती बैठकले सरकारलाई आवश्यक परे संघको भवन उपलब्ध गराउने निर्णय गरेको हो ।
भौतिक संरचना अभावमा मन्त्रालयको काम काज प्रभाबित भएको समाचार आई रहदा संघको यस्तो निर्णय आएको हो ।
संघको ११ कोठा सहित बैठक हल समेत रहेको तिन तल्ले भवन निशुल्क उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।
प्रदेशको राजधानी बुटवल बनाउने सन्दर्भ मात्र होईन यो सरकारलाई सफल बनाउने र प्रदेशलाई समृद्धीको दिशामा लैजाने कार्यका लागी जस्तोसुकै सहयोग गर्नपनि आफुहरु तयार रहेको अध्यक्ष खरेलले बताउनु भयो ।
अध्यक्ष खरेलले सरकारले अर्को स्थायी विकल्प तयार नगर्दा सम्म डेढ कट्ठा क्षेत्रफलमा निर्माण भएको भवन सहितको संरचना उपलब्ध गराउने बताउदै आफुहरुले कार्यलयको बिकल्प तयार गर्न लागेको बताउनु भयो ।
संघिय संरचनामा देश गईसकेको अवस्थामा प्रयाप्त भौतिक संरचना नहुंदा सेवाग्राही र आम सर्वसाधारणलाई नै त्यसको असुविधा पर्ने भएकोले सरकारलाई सघाउनु सबैको दायित्व भएको उहाले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.