प्रतिनिधिसभाको उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

 

काठमाडौं । चैत २ । प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । संसदको आजको बैठकले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित गरेको हो । उहाँ बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । संसदमा भएको निर्वाचनमा सम्बाहाम्फेले २ सय १ मत प्राप्त गर्नुभएको थियो । यस्तै काँग्रेसबाट उम्मेदवार बन्नुभएकी पम्फा भुसालले ५८ मत पाउनुभयो ।

सभामुखमा यसअघि नै कृष्णबहादुर महरा निर्वाचित भैसक्नुभएको थियो । गठबन्धनबीच सभामुख माओवादी केन्द्रले र उपसभामुख एमालेले लिने सहमति थियो । संविधानमा सभामुख र उपसभामुख मध्ये एक महिला र फरक दलको हुनुपर्ने ब्यवस्था छ ।

यसैबीच संसदको आजको बैठकले युएस बांग्ला एयरको विमान दुर्घटनामा ज्यान गुमाएका स्वदेशी तथा विदशी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । बैठकले शोक प्रस्ताव समेत पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते भएको विमान दुर्घटनाबारे सदनलाई जानकारी गराउदै घटनाको सत्य तथ्य पत्ता लगाउन छानिवन आयोग बनाइएको बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.