तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टारको कब्जामा  पुलिसका रबिन श्रेष्ठले गरे आत्मघाती गोल कस्कसले हो कसरी हाने हेरर्नुस

बुटवल ।

तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लवले कब्जा गरेको छ । आज भएको फाइनल खेलमा विभागी टोली नेपाल पुलिसलाई २–० गोल अन्तरले पाखा लगाउदै थ्रिस्टारले उपाधि हात पारेको हो ।

उपाधि संगै थ्रिस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयामा चित्त बुझायो ।

खेलको ६५ औ मिनेटमा पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्दै थ्रिस्टारको अग्रता दिलएका थिए । थ्रिस्टारका बिमल घर्तीको पोष्टचार्जलाई बचाउन खोज्दा रबिनले हानेको बलले जाली चुमेको थियो ।

खेलको ८९ मिनेटमा थ्रिस्टारका क्याप्टेन निराजन खड्काले गोल गर्दै २–० को अग्रता दिलएका थिए । थ्रिस्टारका सुनिलले गरेको लेफ्ट कर्नरबाट प्रहारलाई खड्कालले पोष्टको दिसा दिएका थिए । चार पटक सम्म तिलोत्तमा गोल्डकपको उपाधि उचालेको पुलिसले पाएका दर्जनौ अवसर सदुपयोग नगर्दा उपाधिबाट बञ्चित हुनु परेको हो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी थ्रिस्टारका निराजन खड्का भएका छन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदान भएको प्रतियोगितामा बिभिन्न दश टिमको सहभागिता रहेको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.