दीप युरेसद्वारा अपाङ्ग आश्रमलाई सहयोग

 

चैत्र–४, बुटवल ।
बुटवल– ८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा रहेको युवा रेडक्रस सर्कलले नेपाल अपाङ्ग आश्रम बुटवल–११, प्रगतिनगरलाई एक कार्यक्रमबीच दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रममा युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलको सक्रियतामा कक्षा ४, ५ र ६ का विद्यार्थीहरूद्वारा सङ्कलित जम्मा रु. २० हजारबाट कुर्सी, पङ्खा, चामल, दाल, आटा, झुल, फिल्टर लगायत सामग्रीहरू हस्तान्तरण गरिएको कुरा रेडक्रसका संरक्षक तथा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी गराउनुभयो ।
नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदामको अध्यक्षता, विद्यालयका उपप्राचार्य सुरेन्द्रकुमार शाक्यको प्रमुख आतिथ्यता, शिक्षकहरू रेखा आचार्य, कमला श्रेष्ठ, ईन्द्र सारु, मीना सन्वानी लगायत २०० जना विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदामले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक  अर्जुनप्रसाद पन्थले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.