प्रदेश नम्मर ५मा तीन मन्त्री थप्दै सरकार विस्तार

 

बुटवल
मुख्यमन्त्री शंकर पोखरेलले तीन मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । मुख्यमन्त्रीको शपथ लिएको एक महिनापछि उनले तीन मन्त्रीलाई नियुक्त गरेका हुन । मुख्यमन्त्री सहित प्रदेश नम्बर ५ मा मन्त्रीको संख्या छ पुगेको छ ।
सोमबार एमालेका लिला गिरी र आरती पौडेल तथा माओवादीका सुदर्शन बलालले मन्त्रीको शपथ लिएका हुन । रुपन्देहीबाट निर्वाचित गिरीले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै बाकेकी सांसद पौडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तोकिएको छ भने माओवादीका सांसद गुल्मीबाट निर्वाचित बलालले सामाजिक विकास मन्त्रालय सम्हाल्नेछन् ।
तीनै जना मन्त्रीले सोमबार प्रदेश प्रमुख उमाकान्त झाबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री पोखरेलले यसअघि दुई मन्त्री सहित सपथ लिएका थिए । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एमालेका बैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.