सबैले शान्तीको अनुभुति गरुन,कसैलाई अन्याय नपरोस ः प्रम ओली

काठमाडौं, ५ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताउनुभएको छ ।
चन्द्रागाीरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नु पर्ने बताउनुभएको छ । ‘हिजो भनाभन गरेका थियौं ,झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो ’प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ ।’

जनताले विकास निर्माण,उत्पादन,शिक्षा,स्वास्थ्य,सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने बताउनुभएको छ । ‘सबैले शान्तीको अनुभुती गरुन् । कसैलाई अन्याय नपरोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी देखियोस ।’
प्रधानमन्त्री ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको छ । उहाँले शसस्त्र प्रहरी बललाई राष्टिकयता,अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिनुभएको छ ।
यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गर्नुभएको छ । ‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडी बढ्छन् । यसका लागि सबै तयार रहनु पर्छ ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.