सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्त्तराष्ट्रिय गोल्ड कप फुटवल हुने

 

बुटवल, ६ चैत
मोफसल कै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्त्तराष्ट्रिय गोल्डकप नक आउट फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ ।
चैत ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगितामा हिमालयन फुटवल क्लव मलेसिया, विभागित ३ टिम सहित १० टिमको सहभागिता हुने भएको छ ।
मदन भण्डारी स्पोटृर्स एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार पुरस्कार पाउने छन । प्रतियोगिता वारे जानकारी दिन मंगलवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोटृर्स एकेडेमी प्रदेश नम्बर ५का अध्यक्ष नर बहादुर घर्तीले मोफसल कै सर्वाधिक पुरस्कार राशी र खेलाडीको ३ लाख रुपैयाँको विमा गरिएको प्रतियोतिा बुटवलमा संचालन गर्न पाउनु ठुलो उपलव्धी भएको बताए ।
बुटवलको रामनगर स्थित मानव ज्ञानको खेल मैदानमा संचालन हुने प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लव, नेपाल आर्मी क्लव, एपिएफ क्लव, विदेशी हिमालयन फुटवल क्लव मलेसिया, मदन भण्डारी स्पोटृर्स एकेडेमी काठमाडौ, थ्री स्टार क्लव, सुदुरपश्चिमाञ्चल,झापा ११, सुनौलो संगम बुटवल र मनाङ मर्याङदी क्लवको सहभातिा रहने आयोजकले जनाएका छन ।
पत्रकार सम्मेलनमा कुल १ करोड १४ लाख रुपैयाँ खर्च लाग्ने र सो रकम उद्योग कलकारखाना,व्यापारी,संघ संस्थावाट आर्थिक सहयोग र टिकट विक्रीवाट संकलन गरिने अध्यक्ष घर्तीले बताए । प्रतियोगिता हेर्नका लागि महिला ,जेष्ठ नागरिक ,अपाङ र स्थानिय रामनगर वासीलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको छ । प्रतियोगिता संचालनका लागि मैदान मिलाउने र प्याराफिट बनाउनेकाम अन्तिम चरणमा पुगेको मदन भण्डारी एकडेमिका नन्दु काउछाले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.