पहिलो चरणको अन्तिम खेलमा बुटवल युथ क्रिकेट क्लब बुटवल र लुम्बिनी युथ क्लब भैरहवा बिजयी

 

नवज्योती युवा क्लव शंकरनगरको आयोजनामा तिलोत्तमा नगरपालीकामा–१ शंकरनगरमा खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत आजको खेलमा बुटवल युथ क्रिकेट क्लब बुटवल र लुम्बिनी युथ क्लब भैरहवा बिजयी भएको छ ।
आज भएको पहिलो खेलमा बुटवल युथ क्रिकेट क्लबले नव ज्योति युवा क्लब तिलोत्तमा (११ लाइ ९७ रनको भारि अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको बुटवल युथ क्रिकेट क्लबले निर्धा्िरत १९.३ ओभरमा अलआउट हुदै २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नव ज्योति युवा क्लब तिलोत्तमा (११ ले १६.४ ओभरमै अल आउट हुदै मात्र ११६ रन बनाएको थियो । खेलमा बुटवल युथको तर्फबाट उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेबापत बुटवल युथ क्रिकेट क्लब का विश्व रणपाल म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै दोस्रो आजै सम्पन्न दोस्रो खेलमा ज्ञानोदय गोल्ड्स मणिग्रामलाइ पाखा लगाउदै लुम्बिनी युथ क्लब भैरहवा बिजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको लुम्बिनी युथ क्लब भैरहवाले ९.५ ओभरमा जम्मा ४ विकेट गुमाउदै २९३ रनको लक्ष्य पार गरेको हो । ९४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको लुम्बिनी युथ क्लब भैरहवाले विकेटको क्षतिमा ९.५ ओभरमै आफ्नो जित पक्का गरेको हो । यता ज्ञानोदय गोल्ड्सको तर्फबाट१६.५ ओभरमा अल आउट हुदै मात्र ९३ रन जोडेको थियो। आजै सम्पन्न दोस्रो खेलमा सर्बा्धिक १४ बल मा ३६ रन बनाएका लुम्बिनी युथ क्लब भैरहवाका महमद हुसैन म्यान अफ द म्याच घोषित भएका थिए ।
खेल स्वास्थ्यका लागी खेलाडी राष्ट्रका लागी भन्ने मुल नाराका साथ हुने प्रतियोगिता चैत ३ गतेबाट भएको हो । प्रतियोगिताको बिजेताले नगद ५५ हजार ५ सय ५५ प्रमाणपत्र, मेडल तथा उप बिजेताले २५ हजार ५ सय ५५ रुपैया प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्समेन, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष चन्द्रकान्त पाण्डेले बताउनुभयो । तिलोत्तमा –१ चपरहट्टी खेल मैदानमा भैरहेको प्रतियोगिताको पहिलो चरण का खेलहरु सकिएको जानकारी गराउदै दोस्रो चरण को खेल शुक्रबार बाट मात्रै शुरु हुने हुदा सबै खेलप्रेमी दर्शकहरुमा क्लबका सचिब सन्दिप भट्टराईले खेल अबलोकन गर्नका निम्ति आग्रह समेत गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.