तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप सुरू आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी क्वाटरफाईनलमा प्रवेश

बुटवल, ९ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नक आउट फूटबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरू भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन ।
यसैबीच शुक्रबार भएको पहिलो उद्घाटन खेलमा पाहुना टोली सुदुरपश्चिम ११ लाई हराउँदै आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकपको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा सुदुरपश्चिम ११ लाई ५÷१ ले हराउँदै आयोजक क्वाटरफाईनलमा प्रबेश गरेको हो । मदन भण्डारीका लागि प्रकाश बुढाथोकी २ गोल, विदेशी खेलाडी आबा, विश्व अधिकारी र दिप आले १÷१ गोल गरे । सुदुरपश्चिम ११ का लागि एक मात्र शान्त्वना गोल पूर्ण अन्जन ध्वजु गरे ।
सोमबारदेखि १९ गते सम्म हुने प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहेको छ । खेल र खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडी ३ लाख रुपैया विमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १लाख प्राप्त गर्नेछन ।
त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१÷२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ । १ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत चैत ११ गते झापा ११ र एपिएफ क्लवकाबीच हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.