बुटवल । चैत ११। बुटवलका युवा व्यवसायी तथा समाजसेवी रमेश भण्डारी र उनकी पत्नी आशा भण्डारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको झण्डै आठ बर्षपछि प्रहरीले भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतमलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलमा आज पत्रकार सम्मेलनमा प्रहरीले मुख्य सुटरलाइ सार्बजनिक गरेको हो ।
नेपाल आउनेक्रममा सूचनाका आधारमा गौतमलाई सुनौलीबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली बताउनुभयो ।
इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। केही समयअघि गौतमलाई भारतीय प्रहरीले पनि पक्राउ गरेको थियो।
गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको जेसिसचोकमा गोली प्रहार गरि पसलबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए ।
प्रहरीको विज्ञप्ती–
भण्डारी दम्पती हत्याकाण्डका मुख्य अपराधि पक्राउ
मिति २०६७।०३।०९ गते अं।१५स्२० बजेको समयमा जिल्ला रुपन्देही, बुटवल(०६ जेसिसचोक स्थित बिष्णु भण्डारी स्टोर्समा रमेश भण्डारी र निजको श्रीमती आशा भण्डारी व्यापार व्यवसाय गरी बसिरहेको अवस्थामा लु ७ प ५७२३ नं। को मोटर साईकल भोलेबाबा भन्ने शम्भु गौतमले चलाएको र पछाडी बसेका अर्जुन गौतम र लु ४ प ७०१७ नं।को मोटरसाईकल श्याम प्रसाद बि।क।ले चलाएको सो मोटर साईकलको पछाडी कृष्ण गौतम बस्ने गरी बिष्णु भण्डारी स्टोर्सको अगाडी गई भोलेबाबा भन्ने शम्भु गौतमले आफूले चलाएको उक्त मोटरसाईकल उत्तर फर्काई तैयारी अबस्थामा राखेका र श्याम प्रसाद बि।क।ले आफूले चलाएको मो।सा। दक्षिण फर्काई तयारी अबस्थामा राखे पश्चात अर्जुन गौतम र कृष्ण गौतमले पहिलेनै आफ्नो साथमा तयारी अबस्थामा राखेको पेस्तोल निकाली पेस्तोल ताक्दै पसल भित्र प्रबेश गरी कृष्ण गौतमले पसलको घर्रा भित्र हात हाल्ने क्रममा आशा भण्डारीले रोक्न खोज्दा अर्जुन गौतमले आफ्नो साथमा भएको पेस्तोलबाट आशा भण्डारीलाई १ र निजका श्रीमान रमेश भण्डारीलाई २ राउण्ड गोली हानी पसलको घर्राबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएको । गोली लागि आशा भण्डारीको तत्काल घटनास्थलमा मृत्यू भएको, रमेश भण्डारीको उपचारका लागि लैजादै गर्दा मृत्यू भएको घटनामा तत्काल सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बि।क।, पुरन श्रीस, राजु गलामी समेत पक्राउमा परी तत्कालको रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा गएका ।
उक्त घटनाका सुटर अर्जुन गौतम तथा कृष्ण गौतमको लामो समय देखी खोजतलास भई रहेकोमा मिति २०७४।१२।१० गते निजहरु मध्येका घटनाका सुटर अर्जुन गौतम भारतबाट घर तर्फ आउदै गरेको बिषेश सुचनाको आधारमा रुपन्देहीको बेलहीयाबाट पक्राउमा परेको ।
निज अर्जुन गौतम यस भन्दा पैला पनी मिति २०६५।०९।२१ गते अटोमेटीक पेस्तोल थान १, ऐ। को गोली १२ राउण्ड सहित पक्राउमा परेकोमा निज उपर हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल पुर्पक्षको लागि थुनामा समेत गएको ।