राममन्दीर हरूमा बिहानैदेखि घुइँचो

काठमाडु। चैत ११ । चैते दशैं र रामनवमी पर्व आज एकैदिन परेको छ। चैते दशैं तथा रामनवमीका अवसरमा कालिका तथा राममन्दीरहरूमा आज बिहानैदेखि घुइँचो लागेको छ।

चैते दशैं तथा रामनवमी पर्वमा सरकारले आज सार्वजनिक विदा दिएको छ।

रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायतमा आइतबार बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको हो।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ।

यसैगरी बाग्लुग कालिका,गुल्मी हुँगास्थित कालिका मन्दिर लगायतका कालिका मन्दीरहरूमा पुजा गर्नेहरूको घुइँचो लागेको छ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.