आर्मीलाई स्तब्ध पार्दै मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ सेमिफाइनलमा प्रवेश ,म्याक्स भए म्याच अफद म्याच

बुटवल, चैत १२ । विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन
भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय
गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२
रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल
आर्मीलाई ३–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी
सेमिफाईनलमा प्रबेश गरेको हो । निकै कडा प्रतिस्पर्धा भएको पहिलो हाफमा अगता १–० अग्रता बनाएको
नेपाल आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल्न सकेन । पहिलो हाफमा १
गोलले पछि परेकोे आयोजक मदन भण्डारीले दोस्रो हाफ सुधारिएको खेल
खेलेको थियो । दोस्रो हाफमा आयोजकका लागि विदेशी खेलाडि म्याक्सले
खेलको ६२ औं र ६७ औं मिनेटमा दुवैगोल हेडमार्फत गोल गरे भने अर्को एक गोल विदेश
खेलाडि एबाले खेलको ७५ औं मिनेटमा गरे । आर्मीका लागि एक मात्र गोल
खेलको १४ औं मिनेटमा विबेक बस्नेतले गरेका थिए । म्याच अफद म्याच मदन भण्डारी स्पोर्टस एकडेमिका म्याक्स भएका छन् ।उनले दश हजार नगद प्राप्त गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.