सुनौलो संगम क्लव ,सेमिफाइनलमा प्रवेश

 

बुटवल ।
सुनौलो संगम क्लव बुटवलमा जारी तेस्रो अन्तराष्ट्रीय मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार एपिएफलाई टाइबेकरमा ३–१ ले पराजित गर्दै स्थानीय क्लव सुनौलो सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो । टाइब्रेकमा एपिएफका नबिन लामा मात्रै बललाई जाली चुमाउन सफल भए । एपिएफका रमेश पौड्याल र रबि थिङको बल सुनौलोका गोल रक्षक सृजन श्रेष्ठले रोकेका थिए भने मिलन राईको बल पोष्टमाथि हुदै बाहिरिएको थियो ।
एपिएफका बैकल्पिक गोल रक्षक राजु नगरकोटीले सुनौलोका अजित थापा र पूर्णबहादुर गुरुङको बल गोल हुनबाट बचाए पनि त्यो जीतका लागि प्रर्याप्त हुन सकेन । नगरकोटी खेलको अन्तिम समयमा मैदान प्रवेश गरेका थिए । सुनौलोका आषिश गुरुङ, सुरज हमाल, जनक कार्कीले पेनाल्टीलाई सदुपोग गरेका थिए ।
त्यसअघि खेलको ४४ औ मिनेटमा गोल गर्दै एफिएफले अग्रता लिएको थियो । सुनौलो संगमका गोल रक्षक सृजन श्रेष्ठ अघि बढेको मौकाको सदुपयोग गर्दै एफिएफका युवराज खड्काले बललाई जाली चुमाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको साबिक विजेता सुनौलोका अमृत गुरुङले ५५ औ मिनेटमा गोल फर्काउदै टिमलाई बराबरीमा ल्याएका थिए । डिबक्सअगाडी उठेको बललाई घम्साघम्सीका बीच गुरुङले जाली चुमाएका हुन । त्यस लगत्तै सुनौलोका आषिश गुरुङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । त्यो अग्रतालाई एपिएफका युवराज खड्काले गोल फर्काउदै बराबरीमा ल्याए ।
प्रतियोगिता अन्तर्गत बुधबार थ्रिस्टार क्लव र हिमालय फुटवल क्लव मलेसियाकाबीच प्रतिष्पर्धा हुदैछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.