टवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल,  हिमालयन एफ सी मलेसियालाई पराजित गर्दै थ्रि स्टार क्लव सेमिफाईनलमा प्रबेश

 

बुटवल, १३ चैत । पाहुना टिम हिमालयन एफ सी मलेसियालाई पराजित गर्दै थ्रि स्टार क्लव बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा हिमालय एफ सी मलेसियालाइ २–१ ले हराउँदै थ्रि स्टार सेमिफाईनलमा प्रबेश गरेको हो अब थ्रि स्टारले चैत १६ गते पहिलो सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस संग प्रतिस्पर्धा गर्नेछ ।

हिमालयन एफसीले खेलको ८४ औं तिर्थ बस्नेतको गोल बाट अग्रता बनाएको थियो । तर त्यसको २ मिनेटमै थ्रि स्टारका विदेशी खेलाडि आवसले उत्कृष्ट गोल गर्दे खेललाई १–१ को बराबरीमा पुराए । तर ईन्जुरी समयमा थ्रि स्टारका मार्टिनले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुराए । बाँकी समयमा हिमालय एफसीले कुनै पनि गोल गर्न सकेन र खेल थ्रि स्टारले जित्न सफल भयो ।

प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत चैत १५ गते अन्तिम क्वाटरफाईल खेलमा ए डिभिजन क्लव मनाङ मस्याङदी र विभागिय टिम नेपाल पुलिस क्वलका बीच ३ बजे हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.