हिमाली जिल्लाहरुमा निशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा प्रदानकालागि मिरा हिमालयसँग संझौता

 

इन्दु चापागाइ । काठमाडु, चैत १५ । बृज सिमेन्ट इण्डष्ट्रिज प्रा।लि तथा पुष्पतारा केडिया फाउन्डेशनको संयुक्त प्रयासमा मिरा हिमालय नामक संस्थाबीच तीन बर्षकालागि संझौता भएको छ ।
केडिया अर्गनाईजेशनको सामाजिक उत्तरदायीत्व अन्तर्रगत नेपालको विकट हिमाली जिल्लाहरुमा निशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा प्रदानकालागि मिरा हिमालयसँग संझौता भएको हो ।
संझौता पत्रमा पुष्पतारा केडिया फाउन्डेशनका अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट एड्रिन हायसले हस्ताक्षर गरेका छन् ।
मिरा हिमालयले २०७२ को भूकम्प पछि हिमाली जिल्लाहरुमा काम गर्दै आएको छ ।
संझौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अध्यक्ष मनोज केडियाले केडिया अर्गनाइजेशनले नेपालको विकास तथा समृद्धिको दिशामा सानो अंशमा भएपनि सहयोग गर्न पाइएकोमा खुसी व्यक्ति गरे । उनले संझौता अनुसार मिरा हिमालयललाई बार्षिक ५ लाख रुपैया पुष्पतारा केडिया फाउन्डेशनले प्रदान गर्ने बताए । पहिलो बर्षको रकम पनि हस्तान्तरण गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.