मनाङ मस्र्याङदी फुटवल क्लव बुटवलमा जारी मदन भण्डारी गोल्डकपको अन्तिम चारमा

बुटवल

मनाङ मस्र्याङदी फुटवल क्लव बुटवलमा जारी मदन भण्डारी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको छ । मनाङले ेपाल पुलिस २–१ को नतिजासंगै पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

बिहिबारको खेलमा नेपाल पुलिसले अग्रता कायम गरे पनि त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिनुप¥यो । खेलको १४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दे १–० को अग्रता लिएका थिए । उनले डिवक्समा पाएको आकस्मिक पासलाई सदुपयोग गर्दै जाली चुमाएका थिए ।

पहिलो हाफ पुलिसकै अग्रतामा सकिए पनि दोस्रो हाफको ६१ औं मिनेटमा मनाङले खेल बराबरीमा ल्याएको थियो । मनाङबाट खेलेका विदेशी खेलाडी भिक्टरको क्रसलाई अन्जन विष्टले आकर्षक गोलमा परिणत गरे ।

खेलको ७५ औं मिनेटमा अन्जनले नै पुन ः गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । सोही गोल नै निर्णायक बनेपछि पुलिस पहिलो खेलबाटै बाहिरिएको हो ।

प्रतियोगिताको म्यान अफ द म्याच बन्दै मनाङका अञ्जन विष्टले दश हजार हात पारेका छन् । विजेता टिम मनाङ चैत १७ गते साविक विजेता सुनौलोसंगम संग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी र थ्रिस्टार क्लव भिड्नेछन् ।

बुटवल रामनगरस्थित फुटवल मैदानमा जारी सबैभन्दा धेरै पुरस्कार राशीको गोल्डकपमा दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमले एक÷एक लाख नगद पाउनेछन भने उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले २०÷२० हजार नगद पुरस्कार पाउनेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.