काठमाडौं ,चैत १६ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । उपचारका क्रममा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा खड्काको निधन भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खडंकाको निधन भएको पुष्टि गर्दै पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ बताउनुभएको छ ।
खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको स्वास्थ्यमा खरावी देखिएपछि फागुन पहिलो साता नयाँ दिल्ली लगिएको थियो । खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो । नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनु भएका स्व. खड्का वि.स. २०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बी.पी. कोइरालासँगै नेपाल फर्कनु भएको थियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ—
“नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको
छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।