मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको सरकारको भनाई, सरकारी ढुकुटी लगभग रित्तिदै गएको छ-अर्थमन्त्री खतिवडा

काठमाडौं ,चैत १६ । सरकारले मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको भन्दै निरासाजनक अवस्था सार्वजनिक गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आज संसदलाई श्वेतपत्रबारे जानकारी गराउँदै सरकारी ढुकुटी लगभग रित्तिदै गएको बताउनुभयो । आर्थिक अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी रित्तिदै गएको अर्थमन्त्रीको भनाई छ ।

अर्थमन्त्रीले बजेट प्रतिको विश्वासनियता नै घट्दै गएको भन्दै गम्भीर अवस्थाको संकेत पनि गर्नुभयो । उहाँले राजस्वले सरकारी खर्च धान्न नसकेको, वैदेशिक सहायताको दुरुपयोग बढेको र रेमिट्यान्स निरन्तर घटिरहेकोले अर्थतन्त्र सम्हाल्न कठिन हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।
गै‌र बजेटरी खर्च हुने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापनमा चुनौती थपेको बताउदै उहाँले वित्तीय क्षेत्रको पूँजी परिचालन आर्थिकवृद्धिसँग प्रत्यक्ष जोडिन नसकेको पनि बताउनुभयो ।

पुँजी बजारबारे अर्थमन्त्रीको बिष्लेषण पनि निरासाजनक छ । उहाँले पुजीबजार सतही र संकुचित दायराको रहेको बताउनुभएको छ ।तरलता अभावले व्याजदर बढेको र शेयरको आपूर्ति बढेको उहाँको भनाई छ । लगानीकर्तामा लगानी सम्बन्धी ज्ञानको अभावले नेप्सेमा उतार चढाव आएको टिप्पणी अर्थमन्त्रीको छ । श्वेतपत्रमा अर्थमन्त्रीले देखाएका समस्या समाधानका उपाय उल्लेख छैनन् । तर उहाँले स्पष्ट बहुमतका आधारमा सरकार बनेकोले अब जनताले चाहेका आर्थिक विकासमा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.