आज मनाङ र सुनौलो संगम भिड्ने

 

बुटवलमा जारी तेस्रो अन्तराष्टिय मदन भण्डारी गोल्कप को पहिलो सेमीफाईनल खेल हावाहुरी पानीका कारण प्रभावित भएपछि आज मनाङ र सुनौलो संगम भिड्ने भएका छन् । सुक्रवार पहिलो सेमिफाईनल खेलमा थ्रिस्टार र मदन भण्डारी स्पोट्र्स एकडेमि काठमान्डौका खेलाडी मैदानमा उपस्थीत हुनासाथ पानि सहितको हावाहुरी आएपछी खेल स्थगीत भएको थियो । स्थगित खेल आईतवार दिउसो हुने आयोजकले बताएका छन् । आज को सेमिफाइनल खेल पुर्व निर्धारीत टिम मनाङ मस्र्यादी र सुनौलो संगम बिच भिड्दै छन् ।मनाङ विभागीय टिम नेपाल पुलीस लाई हराउदै सेमिफाई पुगेको हो । साविक विजेता सुनौलो संगमले अर्को बिभागीय टिम एपिएफ लाई पाखा लगाउदै अन्तीम चारमा पुगेको थियो । बुटवल रामनगरस्थित फुटवल मैदानमा जारी सबैभन्दा धेरै पुरस्कार राशीको गोल्डकपमा दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमले एक÷एक लाख नगद पाउनेछन भने उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले २०÷२० हजार नगद पुरस्कार पाउनेछन् ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.