अस्पताल लाई हरेक किसीमले स्वस्थ्य राख्नुस ठग्ने वाहाना वाजी गरे सिधै कार्वाही हुन्छ . स्वास्थ्यमन्त्री अर्याल

अस्पताल लाई हरेक किसीम ले स्वस्थ्य राख्न स्वास्थ्यराज्य मन्त्री पद्यमा अर्यालले निर्देशन दिएकी छिन् । स्वास्थ्य राज्यमन्त्री अर्यालले बुटवलको लुम्विनी अञ्चल अस्पतालको निरीक्षण पछि बोल्दै अस्पताल भित्र धेरै विकृती विसंगति रहेको बताउदै सवैतिरवाट सुधारको खाँचो रहेको बताईन । मन्त्री अर्याले पहिले अस्पताल भित्रको फोहर सफा गर्ने अभियान चलाउन र अस्पताल भित्र कुनैपनि सुर्तिजन्य वस्तु निषेध गर्न पनि निर्देशन दिएकी छन । उनले स्वास्थ्यलाई असर पार्ने कुनै पनिवस्तु अस्पताल भित्र ल्याउन पाईदैन । अस्पतालका कर्मचारी को हेलचेक्राईले ठुलो समस्या पारेको भन्दै मन्त्री अर्याल स्थाई नहुन्जेल राम्रोकाम गर्ने र स्थाई भएसी ठालुबन्ने प्रवृतीको अत्य हुनुपर्ने बताईन । मन्त्री अर्यालले सरकारले दिने दश प्रतिसत विपन्न लाई दिने निसुल्क स्वास्थ्य सेवा पुर्ण लागुगर्न निर्देशन गर्दै यसमा दुरुपयोग भए कडा कार्वाहिगर्ने चेतावनि समेत दिइकि छन् । मन्त्री अर्यालले अस्पताल सुधार गर्न आफुले सक्दो सहयोग गर्ने र आफु पदमा बसुन्जेल इमान्दार भएर जनताको काम गर्ने बताईन् । आधा कम संख्यामा रहेका कर्मचारीले निजी अस्पताल सफा र चिटिक्क राख्ने सकारी अस्पतालमा विजोग हुने अवस्था सैहय नहुने बताईन । सुधारको क्षेत्रमा काम गर्दा मुल्याङ्कन हुने बताउदै अस्पताल भित्र अब वाहाना वाजी नचल्ने भन्दै आफैवाट सुधारको सुरुवात गर्न आग्रह गरीन् । सो अवसरमा अस्पतालका मेसु डा कृष्ण खनाल ले अस्पतालको वारेमा जानाकारी दिदै अहिलेका समस्याको बारेमा जानाकारी गराएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.