सुनौलो संगमलाई हराउँदै मनाङ मस्याङदी फाईनलमा

 

बुटवल, १७ चैत । साविक विजेता सुनौलो संंगम युवा क्वल रुपन्देहीलाई फराकिलो गोल अन्तरले हराउँदै मनाङ मस्याङदी युवा क्वल बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकपको फाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा घरेलु टिम सुनौलो संगम युवा क्वललाई ५–० ले हराउँदै मनाङ मस्याङदी युवा क्वल फाईनलमा प्रबेश गरेको हो । मनाङ मस्याङदीका सुजल श्रेष्ठले ह्याटिक पुरा गरे । उनले खेलको २६ औं, ५८ र ८९ औं मिनेटमा गोल गरेका थिए । दुई गोल अञ्जन विष्टले खेलको ३१ औं र ६५ औं मिनेटमा गरे । अनुभवी खेलाडि संग प्रतिस्पर्धा गरेको सुनौलो संगमले केही महत्वपुर्ण अवसर पाएपनि गोलमा परिणत गर्न भन सकेन ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगिता अन्तर्गत भोली दोस्रो सेमिफाईन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रि स्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.