सुरक्षित गर्भपतन सम्वन्धि अन्तरक्रिया

बुटवल १९
६१औ सहकारी दिवसको अवसरपारेर बुटवल ११ देविनगरमा रहेको श्री दुरदर्शी महिला कृर्षि सहकारी संस्थाले एकदिने महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतन र स्थाई ,अस्थाई परिवार नियोजन सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले मेरिस्टोपर्स वुटबलको सहयोगमा प्रशिक्षण मुलक अन्र्तक्रिर्यामा सुरक्षीत गर्वपतन गर्वनिरोधक साधन परिवार नियोजनको वारेमा सहभागी महिलाहरुले खुलेर पश्न गरेका थिय । बुटबल देविनगरमा रहेको होटल स्याडोमा भएको कार्यक्रममा बोल्ने बक्ता हरुले चेतनाको अभावमा अझै पनि धेरै महिला हरुले असुरक्षित गर्वपतन गराउदै आएको बताएका थिय । असुरक्षित गर्वपतनकै कारण रक्त सरापका कारण धेरैमहिलाको अकालमा मृत्यु भएको भन्दै गर्वपतन गराउनु पर्ने अवस्थामा सुरक्षित गर्वपतन गराउन आग्रह गरेका थिय । उनिहरुले स्वस्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको वताउदै यसको लाभ लिन स्वस्थ्य रहन समेत आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले असुरक्षित गर्वपतनले महिला हरुको पाठेघरमा ठुलो समस्या देखापर्दै गएको बताए । उनले आफ्नो स्वास्थ्यको ख्याल गरी समयमै गर्न पनि आग्रह गरे । मेरीस्टोपर्स बुटबलका सुदनकुमार कार्किले सुरक्षित गर्वपतन गराउनका लागी आफुहरु लागेको बताउदै सकेसम्म भरपर्दो अस्थाइ साधन प्रयोग गर्न गर्भरहिहाले डाक्टरको सल्लाहामा सुरक्षित गर्वपतन गरानु पर्ने बताए ।कार्यक्रममा मेरीस्टोर्सका स्टाप नर्स कमला कुवरले सवैलाई एउटै प्रकारको अस्थाइ साधन उपयोगी नहुन पनि सक्ने बताईन् । उनले महिलाले अफ्ना समस्यालाई लुकाउदा समस्या वढ्दै गएको ले समस्या बताएर उपचार गरे सजिलै निको हुने बताइन । हरेक परिवारनियोजनका अस्थाई स्थाई साधन सहि ढंगले प्रयोगगरे उपयोगी हुने भन्दै आफुलाई समस्या पर्दा सहेर नबस्न आग्रह गरीन् । सानो कमिकम जोरीले ठुलो समस्या हुने बताईन् । ।कार्यक्रममा सहकारी कि अध्यक्ष मिना कार्किले मातृ मत्युदर घटाउन सुखि खुसी परिवार बनाउन पुरुष हरुको अहम भुमिका रहने बताइन् । उनले असुरक्षीत गर्वपतनले महिलामा प्रजनन स्वास्थ्यमा गम्भिर असर पु।ाउने र बाजोपन हुने बताइन् ।कार्यक्रममा बिष्णु वस्ती जुनु अर्याल लगाएत ले बोलेका थिय ।कार्यक्रमको संचालन सचिव सोभा राना गरेकि थिईन् । कार्यक्रममा तिस भन्दा बढी महिला सहभागीता रहेको थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.