अल्ट्रा धावक मिरा राई बृज सिमेन्टको ब्राण्ड एम्बासडर

 

काठमाडौ २१ चैत ।

विश्व अल्ट्रा धावक मिरा राई सहित मिस नेपाल २०१७ की विजेता नीकिता चाण्डक, २१ पटक सगरमाथाको सफल आरोहण गरेका कामिरिता शेर्पा, विश्व साईकिल यात्री पुष्कर शाहलाई ब्राण्ड एम्बासडर बनाएको छ ।

केडिया अर्गनाईजेशनको इण्डष्ट्रीज प्रा।लिले उत्पादनको बजार प्रर्बधनका क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने व्यक्तित्वहरुलाई बृज सिमेन्टले चिनाउन कोशिष गर्दै आएको छ ।

यसअघि चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी शरद भेसवाकर, नेपालको मनाङ्ग तथा मुस्ताङ्गलाई वायरलेस इन्टरनेटवाट जोडि सुचना प्रविधि मार्फत परिचित गराउने एवं एशियाको नोवेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठ सहित ४ जनालाई वृज सिमेन्टले एशोसिएट गरेको थियो ।
यस पटक मिस नेपाल २०१७ निकिता चाण्डक , बिश्व अल्ट्रा धाबक मिरा राई जसले युरोपियन म्याराथन १०२ किलोमिटरमा महिला सहभागिमा पहिलो तथा समग्रमा दोश्रो भइ नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा आफनो उर्जाको बिकल्प नभएको प्रतिभा र योगदान प्रस्तुत गरिसकेकी छिन ।

यसको साथसाथै साइकलको व्यारेल चलाउदै बिश्वका १५० देशहरु परिक्रमा गर्ने साहसिक व्यक्तित्व पुष्कर शाह जो अदम्य साहसका साथ आफनो असिमित उर्जालाई चन्द्र र सुर्य अंकित झण्डा बोकेर सिंगो नेपाल बिश्वमा लिएर हिडेका थिए । यस्तै बिश्वको सर्वोच्च शिखर सगरमाथा २१ औं पटकसम्म चुमेर बिश्व किर्तीमानी कायम गर्न सफल कामिरिता शेर्पा एशोसिएट गरि व्राण्ड एम्वेसेडरको रुपमा लिएको बृज सिमेन्ट इन्डस्ट्रीज प्रालिले जनाएको छ ।

कामीरिता शेर्पा आफनो असिमित उर्जालाई पुन उजागर गर्दै यही २०१८ मा पुन बिश्व किर्तीमानका लागि एवं गिनिज बुक अफ बल्र्ड रेकडमा सर्वोच्च शिखर सगरमाथा , नेपाल र आफुलाई चिनाउन यही महिनामा सगरमाथा आरोहणको तयारीमा रहनुभएको छ ।

वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको समृद्ध नेपाल निर्माण गर्ने उदेश्य र उहाँहरुको आफनै विभित्र क्षेत्रमा योगदान दिनुभएको उर्जाले पक्कै पनि नेपाल एक मजवुत राष्ट्र वन्ने कम्पनीले विश्वास लिएको कम्पनीका सिनियर मार्केटिङ एन्ड ब्रान्ड म्यानेजर अमित श्रेष्ठले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.