क्याबिनेट बैठक पाच नम्बर प्रदेशको नीति कार्यक्रम स्विकृत

 

 

बुटवल २३ चैत । पाच नम्बर प्रदेश सरकारले पहिलो नीति कार्यक्रम संसदमा प्रस्तुतका लागि स्विकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले चैत २५ गते संसदमा प्रस्तुत गर्नका लागि नीति कार्यक्रम स्विकृत गरेको हो । सो नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले संसदमा प्रस्तुत गर्नेछन् ।

संघीय संरचना अनुरुप बनेको सरकारले पहिलो नीति कार्यक्रममा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु समावेश गरेको छ । विशेष गरी चालू आर्थिक वर्षका लागि आउने बजेट लक्षित कार्यक्रमहरु रहे पनि यसले दीर्घकालीन योजना समेत ल्याएको सरकारले जनाएको छ ।

प्रदेश सरकारको बजेट चैत २९ गते प्रस्तुत हुने तयारी छ । चार दिनसम्म नीति कार्यक्रम छलफलबाट संसद पारित गरेसंगै बजेट प्रस्तुत हुने बताइएको छ । प्रदेश सरकारको पहिलो बजेट १ अर्व २ करोड ५ लाख रुपैयाको छ । सरकारले नीति तथा कार्यक्रम निर्माणका क्रममा स्थानीय र संघीय सरकारसंग छलफल गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका विषयमा संघीय सरकारको राय तथा स्थानीय स्तरमा भइरहेका योजनाहरुको विश्लेषण गरेर कार्यक्रम ल्याइएको हो ।

असार भित्रै बजेट सकिसक्नुपर्ने बाध्यता सरकारलाई रहेकाले योजना अध्ययनमा खर्च गर्ने तयारी गरिएको छ । तलव भत्तामा अधिकांश रकम खर्च हुनेछ भने केही बजेट प्रदेश संचित कोषमा राखिने सरकारले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.