क्याननले डिजिटल कक्षा संचालन गर्ने

क्याननले डिजिटल कक्षा संचालन गर्ने
बुटवल । चैत २९ । बुटवलको सुख्खानगरमा रहेको क्यानन उच्चमाविले आगामी शैक्षिक सत्रबाट कृयाकलापमा आधारित डिजिटल कक्षा संचालन गर्ने भएको छ ।
विद्यालयमा आज आयोजित नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोहमा आगामी शैक्षिक सत्रदेखि डिजिटल कक्षा संचालन गर्ने घोषणा गरिएको हो ।
आगामी शैक्षिकसत्र २०७५ देखि कृयाकलापमा आधारित डिजिटल कक्षा शुरु गर्न लागेका छौ– विद्यालयका प्राचार्य माधवकुमार पौडेलले भन्नुभयो ।
त्यसअवसरमा कार्यक्रममा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष थानेश्वर पौडेलले ब्यवहारिक र गुणस्तरिय शिक्षाका लागि समय अनुकुल काम गर्दै जाने बताउनुभयो ।
उहाँले शैक्षिक विकास र उपयुक्त वातावरण निर्माण गर्ने अभियान सधै जारी रहने पनि जानकारी दिनुभयो ।
त्यसअवसरमा विद्यालयले २०७४ सालको नतिजा प्रकाशन गरेको थियो । यस्तै नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ठ प्रथम,द्दितिय र तृतिय हुने भन्डै दुइ सय विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रकृति परियार,आभी खरेल,सोनु खनाल विद्यालयमै सर्वोत्कृष्ठ विद्यार्थीका रुपमा पुरस्कृत भएका थिए ।
कार्यक्रममा अभिभावकका तर्फबाट टिकाराम ज्ञवाली ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहप्राचार्य इश्वर खनालले संचालन गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.