एकताको गाँठो प्रचण्डको ब्यवस्थापनमा अड्कियो

बुटवल। बैशाख ३ । नेकपा एमाले र माअोबादी केन्द्रबीचको एकताको गाँठो पु्षकमल दाहालले एकतापछि के भुमिका पाउने भन्नेमा अल्झेको छ ।
दाहालले अाधा कार्यकाल प्रधानमन्त्री र महाधिवेशन पछि अध्यक्ष खोज्नु भएको छ ।
त्यसैले नै तलैदेखि अाधाअाधा संख्याको अडान माअोबादीले राखेको छ ।
एमाले भने अोलीले पिएम नछाड्ने,महाधिवेशनपछि माधव नेपाल उम्मेदवार भए दाहालले नजित्ने विश्लेषण गर्दै एकतापछि माअोबादीको गुटगत उपस्थिति समेत कमजोर हुने बुझाइमा छ ।
त्यसैले चुनाव चिन्ह,जनयुद्द शब्द माअोबादीले नेताहरूको ब्यवस्थापनका लागि राखिएका अडान हुन ।
दुइ सातापछि सोमबार बसेको अोली र दाहालबीचको भेटमा भोली पार्टी एकता कार्य दलको बैठक बोलाउने सहमति भएको छ । तर एकता बैशाख ९ मै गर्नेबारे खास सहमति भएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.