बुटबल । बैशाख ६ । सरकारले नविकरण नगर्ने र खाता रोकेर छानविन गर्ने चेताबनी दिएपछि यातायात व्यवसायी समितिले धमाधम बैकबाट पैसा झिक्न थालेका छन् ।
सरकारको चेताबनीपछि व्यवसायी अत्तालिन थालेका छन् ।
अागामी साउनबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिको नविकरण नगर्ने र नयां दर्ता पनि नगर्ने निर्णय गरेपछि समितिका पदाधिकारी बैकबाट गुपचुप पैसा झिकिरहेका हुन ।
पोखरामा सवैभन्दा धेरै रकम झिकिएको छ । श्रोतका अनुसार पोखराको समितिले ३ करोड रकम बैकबाट झिकेको छ ।
यसैगरी बुटबलको पश्चिम नेपाल बस ब्यवसायी समितिले पनि २ करोडभन्दा धेरै रकम झिकेको छ ।
समितिले बैकबाट रकम निकालेर इन्स्योरेन्स कम्पनीमा बुझाएको बताइएको छ ।
यसैगरी अन्यत्र पनि यातायात समितिका खाताबाट पैसा निकाल्ने काम धमाधम भैरहेको छ ।
यता सरकार कडा बन्ने देखेपछि केही समितिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ताकालागि प्रकृया थालेका छन् ।
यसैबीच अाज यातायात मन्त्री र समितिका पदाधिकारीबीच छलफल हुदैंछ ।
व्यवायीहरूले गाडी ग्यारेजमा राखेर अामहड्ताल सम्म गर्ने भनेपनि कानुन विपरित जान नहुने धारणा केही व्यसायीले राख्न थालेका छन् ।
ब्यवसायीले हिजो अान्दोलनमा जाने घोषणा गरेका थिए ।