बुटवल, बैशाख २१ । सिण्डीकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेपछि प्रहरीले धमाधम यातयात ब्यवसायीलाइ पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा काठमाडौ र बुटवलबाट व्यवसायीका नेता नै पक्राउ परेका छन् ।
पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिवपदमराजगाहालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै ब्यवसायी अच्युत कुमार श्रेष्ठ पनि पक्राउ परेका छन् ।
बुटवल प्रहरीले बन्जाडेलाई बुटवलको ट्राफिकचोकबाट र गाहालाई दिपनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई अत्यावश्यक सेवा ऐन उल्लंघन गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
समितिकै अवरोधका कारण आज बुटवलबाट कुनैपनियात्रुवहाक बस चलेका छैनन् । बसपार्क खाली छ । पश्चिम नेपाल बस व्यवासायीसंघ संग झण्डै २५ सय बस छन् । सवारी साधननचलेपछि सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् ।
यसैबीच काठमाडौंको रत्नपार्कबाट यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।
सिटौला विरुद्ध अत्यावश्यक सेवा एन अन्र्तगत मुद्धा चलाइने काठमाडौं प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले गैरकानूनी कार्य गरेकोले पक्राउ गरिएको र त्यसै अनुसार मुद्दा चलाइने जानकारी दिनुभयो ।
काठमाडौमा भने सिण्डिकेटको बिपक्षमा रहेका यातायात ब्यवसायीले भने सवारी चलाएका छन् ।