काठमाडौं । २ वर्ष देखि साउदी जेलमाबन्दीजीवनविताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकमप्रधानमन्त्री केपीशर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको छ ।यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवानातिर्न नसकेपछि उहाा २ वर्ष देखि बन्दीजीवनविताईरहनु भएको छ ।
एबीसी टेलिभिजनबाट सञ्चालितहुादै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाानगदप्रधानमन्त्रीओलीले प्रेमबहादुर राईकीधर्मपत्नी सरिता राईलाई प्रदानगर्नु भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमाबिहीवार बेलुकाआफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसाग कुरा गर्दै प्रधानमन्त्रीओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसाग कुरा गर्नेवताउनु भयो ।
सो अवसरमाप्रधानमन्त्रीओलीले विश्वको अन्य देशकानागरिक र नेपालीनागरिक विदेशिनु पर्ने कारण फरक रहेको वताउनु भयो । नेपालीनागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीओलीले भन्नुभयो,-‘अरु देशकानागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउाछौं ।’
नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्रीओलीले वताउनु भयो ।
‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अवहामीले हाम्रै देशमाउत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहिा रोजगारी रिर्जना गर्नुछ । त्यसकालागि यो सरकार बनेको हो,’प्रधानमन्त्रीओलीले भन्नुभयो ।
विदेशमाबन्दीजीवनविताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामाइन्द्रेणी सांगीतिककार्यक्रमको टोलीलाई प्रधानमन्त्रीओलीले प्रशंसा सहितधन्यवाददिनुभयो ।
‘हरेकलाई सुखमाहोइनदुःखमा साथचाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ,’-प्रधानमन्त्रीओलीले भन्नुभयो ।
कार्यक्रममाइन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइकालागि ९५ लाख नेपाली रुपैयााचाहिने र अहिलेसम्म७१ लाख रुपैयाा संकलनभइसकेको वताउनु भयो ।