निधिद्धारा डा. अधिकारी र डा. देबकोटाकोस्वास्थ्य लाभको कामना

काठमाडौं, बैशाख २१.नेपाली कांग्रेसका नेता एवं पूर्ब उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौंको बाासबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा. डा. यज्ञ अधिकारीलाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
नेपाल तथा एसियाली अध्ययन केन्द्र -सिनास) का पूर्ब कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनु भएको छ ।
२०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबमा डा. अधिकारी नेवि संघका तर्फबाट त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्बाचित हुनु भएको थियो । प्रजातन्त्र सम्बर्द्धन केन्द्रका महासचिब भएका अधिकारीले नेपालको सन्दर्भमा सामाजिक न्याय पुस्तक लेख्नु भएको थियो । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहनु भएका अधिकारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नेपालका पूर्ब निर्देशक समेत हुनुहुन्छ । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न अधिकारी केही समय अघिमात्र अबकाश हुनु भएको थियो ।
यसैबीच, न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देबकोटालाई भेटेर कांग्रेस नेता निधिले स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.