झुकेर एकता गरिँदैन-प्रचण्ड

काठमाडौं । वैशाख २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले-माओवादी एकता हुन नसक्ने बताउनुभएकाे छ ।
वाइसियल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजनामा ूसमसामयिक परिस्थितिमा युबाहरुको भुमिकाू बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम मा सम्बोधन संबोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ँमाओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो ।’ भन्नुभयाे । ँजसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले-माओवादी एकता हुन सक्दैन ।’ उहाँकाे भनाइ छ ।

उहाँले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, बैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यात्राको क्रममा थकाम मार्ने र निरन्तर आगाड़ी बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै उहाँले मानिस बुढो भएपनि विचार बुढो हुदैन्, त्यसैले मेरो युवासँग बिचार मिल्छ भन्नुभयाे ।

पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साह प्रति सकारात्मक रहेको बताउनु भयो ।

कार्यक्रममा पार्टी नेता एबम नेपाल सरकार का गृहमन्त्री रामबहादुर थापा बादल ले बिकास र सम्वृद्धि ल्याउन दलाल पुजीपतिलाइ निस्तेज गर्नैपर्छ भन्दै हरेक क्षेत्रका सिण्डिकेट अन्त्य गरि दलाल पुजिबाद लाइ जरै देखि फाल्ने बताउनुभयाे । हुन्डी ,मदिरा तस्करी ,मानब तस्करी ,बैदेशिक रोजगार ठगी , गुन्डा डन हरुलाई सखाप पार्न वाईसीएल लाग्नुपर्ने उहाकाे भनाइ थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.