सिन्डिकेट हट्यो, सरकार र यातायात व्यवसायीबीच पाँच पाँचबुँदे सहमति

काठमाडौं– सरकार कडा रूपमा प्रस्तुत भएपछि बर्षैदेखि जारी बस ब्यवसायीको सिण्डिकेट तोडिएको छ ।

सरकार र व्यवसायीले आज पत्रकार सम्मेलन गरेर सिण्डिकेट हटेको घोषणा गरेका छन् । बस व्यवसायीले कम्पनीमा दर्ता भएर यातायात चलाउन सहमत भएपछि सिण्डिकेटको जालो तोडिएको हो । सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

आन्दोलन फिर्ता गरे सरकारले उनीहरुका खाता फुकुवा लगायत केही माग सम्बोधन गर्ने आश्वासन दिएको बताइएको छ । सरकारले यातायात समितिका बै्क खाता रोक्का गरिसकेको छ ।

रुट व्यवस्थापनमा व्यवसायीको राय लिएर अघि बढ्ने र असारसम्म कम्पनी मोडलमा रुपान्तरण हुन व्यवसायीलाई सहयोग गर्नेछ । गत चैत्र १८ गते सरकारले जारी गरेको यातायात व्यवस्था नियमावलीलाई मानेर जान व्यवसायी सहमत भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.