केशव भण्डारी
बुटवल, वैशाख २४ । पााच नम्वर प्रदेश सरकारले आˆनै लोगो बनाएको छ । प्रदेशसभा सदस्य र कर्मचारीका लागि छुट्टाछुट्टै बनाइएको लोगोमा प्रदेश नम्वर पााचका जिल्लाहरुको पहिचान समेट्ने प्रयास गरिएको छ ।
प्रदेशको नामाकरण नभएपनि अस्थायी राजधानी बुटवलमा आज सार्वजनिक गरिएको प्रदेशसभा सदस्यको लोगोमा सबैभन्दा माथि सिस्ने हिमाल छ । हिमालमाथि राष्ट्रिय झण्डा फहराएको छ भने त्यसमुनी पहाड तथा त्यसको काखमा बुद्ध जन्मस्थल लुम्विनीको मायादेवी मन्दिर र अखण्ड ज्योती राखिएको छ । यी सबैलाई दायाा-बायााबाट धान,गहुा र जौंका बालाले घेरिएको छ । घेराभित्रै लैङ्गकि समानता जनाउने गरि महिला र पुरुषको मिलाएको हात राखिएको छ । त्यसभन्दा तल’प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।
यसैगरी कर्मचारीहरुले लगाउने लोगोमा हिमाल र त्यसको चुचुरोमा राष्ट्रिय झण्डा छ ।यस्तै राष्ट्रिय फूल लालीगुराासको घेराभित्र गौतमबुद्धको चित्र छ । दाङको तुलसीपुरका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । १२ जनालाइ उछिन्न सफल लोगो बनाएका उनलाई नगद २५ हजारले सम्मान समेत गरियो ।
यस्तै पाच नम्वर प्रदेशसभाको आधिकारीक बेवसाइट र प्रदेशसभा नियमावली २०७४ सहितको पुस्तक पनि सार्बजनिक गरिएको छ ।