बुटवल । बैशाख २८।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका लागि नेपाल आएका छन् । भारतको पटनाबाट सिधै जनकपुर आईपुगेका प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । जनकपुर आएपछि भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा विशेष पुजा गरे ।
त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिर परिसरमै भारतीय समकक्षी मोदीलाई विशेष स्वागत गरेका थिए । पुजाअर्चनापछि प्रधानमन्त्रीद्वय ओली र मोदीले रामायण सर्कीट र जनकपुर अयोध्या बस सञ्चालनको उद्घाटन गर्ने क्रममा विशेष सम्वोधन गरेका थिए ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउन पाउँदा आफुलाई खुसी लागेको बताए । जनकपुर अयोध्या सिधा बस सेवाले आर्थिक बिकास र सास्कृति सम्वन्ध बिस्तारका लागि नयाँ बाटो खोलेको बताए ।मोदीले पर्यटन सेवाले संसारमै धेरै आर्थिक विकासमा सहयोग गरेको मोदीको भनाई थियो । सम्वोधनका क्रममा मोदीले प्रधानमन्त्री ओलीलाई भाइ साहेव भनेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले परम्परागत,सास्कृतिक र धार्मिक सम्बन्ध बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दैमित्रताको संकेत स्वरुप बस सेवा शुरु गरिएको बताए ।
त्यसपछि दुवै प्रधानमन्त्रीले जनकपुरदेखि अयोध्यासम्म चल्ने नेपाल भारत संयुक्त बस सेवाको हरियो झण्डा हल्लाएर शुभारम्भ गरेका थिए ।
त्यसपछि बाह्रबिघा मैदानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरियो । अभिनन्दनका क्रममा ब्यानर हिन्दीमा लेखिएको थियो ।
स्वागत मन्तव्यका क्रममा जितेन्द्र सोनलले हिन्दीमै बोलेका थिए । पुरै हिन्दीमा कार्यक्रम संचालन गर्दा नेपाली र मैथली भाषाको पुरै अपमान अपमान भएको बुझ्न सकिन्थ्यो । अतिथि आसनमा पनि उपेन्द्र यादव देखि राजेन्द्र महतो र विमलेन्द्र निधि हावी भए ।
मोदीलाई काठमाडौको टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरेपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आजै एक्ला-एक्लै र सामूहिक भेटवार्ता हुनेछ ।
दोस्रो दिन भोली प्रधानमन्त्री मोदी मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथमा पूजा आराधनापछि उनि जोमसोम जानेछन । त्यसपछि भोली नै काठमाडौं फर्कने र पशुपतिनाथमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।
त्यसपछि भोलीनै मोदीलाई काठमाडौं महानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिने छ । भारतीय प्रधानमन्त्री मोदी भोली नै स्वदेश फर्कने कार्यतालिका छ ।