बुटवल । बैशाख२८ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता भएको छ । राजधानीको एउटा तारे होटलमा भएको भेटवार्तामा विगतका सहमति कार्यान्वयनमा लैजाने सम्झौता भएको छ ।
दुइ प्रधानमन्त्रीले अरुण तेश्रोको स्वीच थिचेर शिलन्यास गरेका छन् । यस्तै रेलमार्ग र जलमार्ग लगायत अन्य परियोजना अघि बढाउने पनि सहमति भएको छ । ओली र मोदीवीच एक्लाएक्लै र सामुहिक प्रतिनिधि मण्डल स्तरमा गरि अलगअलग भेटवार्ता भएको थियो ।
त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले राष्टपति विद्यादेवी भण्डारी र उपराष्टपति नन्दबहादुर पुनलाइ पनि भेटेका थिए ।
नेपालको दुइदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आएका छन् । जनकपुरमा पुजाअर्चना र अभिनन्दन समारोह सकिए लगत्तै मोदी काठमाडौं आएका हुन् । मोदीलाइ टुँडिखेलमा आजै नेपाली सेनाले गार्ड अफ अनर प्रदान ग्रिएको थियो ।
यसअघि, प्रधानमन्त्री मोदीलाई जनकपुर स्थित बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दन समारोहमा मोदीलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको थियो ।
अभिनन्दन कार्यक्रममा मोदीले छिमेक पहिलो प्राथमिकतामा भन्ने भारतीय नीतिमा नेपाल पहिलो स्थानमा रहेको बताए । उनले नेपालको विकास साझेदारका रुपमा भारत रहन चाहेको पनि प्रष्ट पारे ।
नेपालको संविधान र भारतीय नाकाबन्दी वारे भने उनले केही बोलेनन् । तर तीनवटै तहको निर्वाचन सम्पन्न गरी सात वटै प्रदेशमा सरकार गठन गरेकोमा नेपाललाइ वधाई समेत दिए । मोदीले जनकपुर लगायतका क्षेत्रको विकासका लागि १ अर्व सहायताको घोषणा समेत गरे ।
उनलेनेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक पक्षमा जोड दिदै उनले आफ्नो नेपाल भ्रमणलाइ भारतीय प्रधानमन्त्रीका रुपमा नभई एक तिर्थ यात्रीको रुपमा रहेको उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री मोदीले पर्यटन, प्रविधि, ब्यापार लगायतका क्षेत्रमा दुई देश एकसाथ अघि बढ्नु पर्नेमा जोड दिए ।
मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पुजा अर्चना गरेका थिए । पुजाअर्चनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले सयुक्त रुपमा रामायण परिपथ र जनकपुर अयोध्या बस सञ्चालनको शुभारंभ गरे ।
त्यसअवसरमा मोदीले यसबाट आर्थिक बिकास र सांस्कृतिक सम्वन्ध बिस्तारका लागि नयाँ बाटो खोलेको बताएका थिए । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले परम्परागत, सांस्कृतिक र धार्मिक सम्बन्ध बिस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मोदी भोली मुक्तिनाथ जानेछन् । त्यहाबाट फर्केपछि काठमाडौंमा अभिनन्दन हुनेछ । उनी भोली नै भारत फर्कनेछन् ।