गुल्मी दिगाम रुपन्देहि सम्पर्क समाज रुपन्देहि रक्तदान सम्पन्न ५० युनिट ब्लड संकलन

 

रक्त्तदान जिवनदान भन्ने मुलनारालाई आत्मसाथ गर्दै गुल्मी दिगाम रुपन्देहि सम्पर्क समाज रुपन्देहि नेपाल र स्वंयमसेवि रक्तदाता समाज रुपन्देहिको आयोजनामा रक्तदान सम्पन्न भएको छ ।

बुटबलको दीप बोडिङ हाईस्कुल सुख्खानगरमा भएको कार्यक्रममा ५० युनिट ब्लड संकलन भएको गुल्मी रुपन्देहि सम्पर्क समाजका अध्यक्ष टिकाराम न्यौपाने ले जानाकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुल्मेली सम्पर्क समाज रुपन्देहिका कार्यबहाक अध्यक्ष नारायण प्रसाद पन्थ ले रक्त्तदान गरेर सामाजले अनुकरणीय गरेको बताए ।उनले सम्र्पक समाजले विभिन्न क्षेत्रमा सामाजिककार्य गर्दै आएको बताए । कार्यक्रमा नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान ले समाज ले रगतको अभाव हुन नदिन रक्तदान गरीरहेको बताए ।कार्यक्रममा माधव ज्ञवाली सुरेन्द्र शाक्य महेश खनाल विष्णु न्यौपाने दया सिलवाल लेखनाथ न्यौपाने दीपेन्द्र भण्डारी दिपक अधिकारी ले लगाएत बोल्दै समाजले सक्त्तदान गरेर मानविय सेवामा समाज लाई समर्पित गराएको बताएका छन् । कार्यक्रम गुल्मी दिगाम सम्पर्कसमाज का अध्यक्ष टिकाराम न्यौपाने को अध्यक्षता सचिब केशव पन्थको संचालन सम्पन्न भएको थियो । कार्यक्रममा रक्त संचार सेवाकेन्द्रको प्राबिधिक सहयो रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.