प्रदेश नम्वर ५ का सांसदले मागे गाडी सुविधा

बुटवल । बैशाख ३१ । प्रदेश नम्वर ५ को संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा आज स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ । विधेयकमा प्रदेश सांसदहरुले सवारी सुविधा लगायतका सेवा सुविधा पाउनुपर्ने माग गरेका विषय समावेश गरिएको छ ।
यसैगरी विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु समेत बैठकमा पेश गरिएको छ ।
उक्त प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पेश भएको छ ।
विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल समेत शुरु हुने कार्यसूची रहेको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभएको छ । प्रदेश पाँचको पहिलो अधिवेशन पनि ५ दिनअघि मात्रै सकिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.