केशव भण्डारी
बुटवल । बैशाख ३१ । आफ्नै सुविधा बढाउन खोजेको भन्दै जनस्तरबाट चौतर्फी विरोध भएपछि पाँच नम्वर प्रदेशसभाले स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधा सम्वन्धी विधेयक विधायन समितिमै फिर्ता पठाएको छ ।
प्रदेशसभाको आजदेखि शुरु भएको दोश्रो अधिवेशनको बैठकमा आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले विधेयक पेश गर्नुभएको थियो ।
तर बैठकले थप छलफल गर्न भन्दै विधायन समितिमै फिर्ता पठाएको हो । विधेयकमा प्रदेशसभाका सदस्यहरुलाई गाडी सुविधा प्रस्ताव गरिएको थियो ।
यस्तै बैठकमा आर्थिक बर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता सम्वन्धी प्रस्ताव पनि पेश भएको छ । प्रस्ताव पेश गर्दै मुख्यमन्त्री पोखरेलले संविधानको मर्म अनुसार बजेट ल्याइने बताउनुभयो । आज पेशभएको प्रस्तावमाथि प्रदेशसभामा भोलीदेखि छलफल शुरु हुनेछ ।