घोषणासभामा कसले के भने ?

बुटवल । जेठ ३ । पार्टी एकता घोषणासभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एकता देश र जनताको हितका लागि भएको बताए । घोषणासभामा ओलीले भने– पुष्पलालले पवित्र उद्देश्यले पार्टी स्थापना गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आउँदो चुनाव कम्तिमा तीन चौथाईले जित्ने घोषणा गरे । कतिपयलाइ यो कुरा ठट्टालागे छ महिना अघि आफुलाइ ठ्टटा लागेको स्मरण गर्न सुझाव दिए । कतिलाइ ठट्टै लाग्छ–ओलीले भने । उनले अगाडी भने – यता फर्केको र उता फर्केको खिच्नेलाइ र छाप्नेलाइ पनि मैले भोली आउनु को कता फर्कन्छ भनेको थिए ।
सातवजेदेखि सम्वोधन थालेका ओलीले न्याय विकास सुशासन र सम्वृद्दि तर्फको यात्रा अघि बढाउनुपर्छ । हाम्रा अग्रजहरुको सपना आज पुरा भएको छ । टेम्पो चलाएजस्तो होइन जेटमा दुइजना पाइलट हुन्छ । हामी दुइजनाले सल्लाह र विश्लेषण गरेर अगाडि बढाउने अठोट गरेका छौ । जीवनका खुसी मध्ये आज नै खुसी धेरैछु । यो खुसी म अध्यक्ष भएकोले अलिकति श्रेय आउँछ नै तर त्यसले हैन ।
एकताको बिरुद्द कोही छैन । सबै र सिंग्गै पार्टी एकताको पक्षमा छन् । हामी मिसिएको रुपमा हैन एक भएका छौ । अघि सम्म एमाले माओवादी केन्द्र भन्यौ । अघि सम्म प्रचण्ड जी अर्कै पार्टीको नेता हुनुन्थ्यो तर अर्कै पार्टीको नेता हैन । उहाँले मलाइ तपाइको एमाले सिद्दियो भन्नुभयो । दुइटै सिद्दियो । एमाले र माओवादी दुवै मिसिएर एकिकृत रुपमा आएका छन् । गुटवबन्दी आसामबाट शुरु भयो । विभाजन १७ सालबाट शुरु भयो । यति लामो पिडा हामीले र जनताले सहनुपर्यो । अव हामीले सुन्नुपर्ने आरोप थियो कम्युनिष्टहरु जुटन जान्दैनन फुट्छन भन्ने थियो । तर अव कम्युनिष्टहरु फुट्न जान्दैनन् ।
अव कम्युनिष्ट पार्टीमा नो इन्टर सिजन । आजसम्म कम्युनिष्ट पार्टीसँग बहुमत थिएन् अव एक्लै बहुमत छ । एउटै पार्टीको सरकार छ । मिलिजुली सरकार र ६ प्रदेशमा सरकार थियो अव एउटैको छ । अव हाम्रा अगाडी सुन्दर सम्भावना छन् । अव सहि निति बनाएर अघि बढ्दैनौ भने कसलाइ दोष दिने । त्यसकारण अव सहि नितिबनाएर देशलाइ अघि बढाउने अठोट गरेका छौ । अझै पनि छिटफुट केही भए आग्रह गर्छु – अव के ससाना पसल थापेर बस्ने ? आउनुस एकजुट भएर देशमा सुशासन ल्याउ देश विकास गरौ । टेढा कुरा गरेर कुनामा बस्नु कम्युनिष्ट सिद्दान्त हैन । कम्युनिष्ट एक भएका छन अघि बढेका छन तर सुतली बम बनाएर बस्ने ? त्यसैले संकिर्णता र अहंकारबाट मुक्त भएर राष्ट्र निर्माणको महाअभियानमा सामेल हुन आग्रह गर्दछु ।
काँग्रेस बैधानिक रुपमा प्रतिपक्ष हो तर म प्रतिपक्षका रुपमा हेर्न चाहन्न । एउटा चुनाव हार्दैमा कहिले यता कहिले उता भित्तोमा गएको छ । हामीले १५ सालमा चार सिट मात्रै जितेका थियौ । तर आत्तिएनौ । त्यसैले राष्ट्र निर्माण र जनताको हितमा मिलेर अघि बढौ । जनताले आश्चर्य मान्ने कुरा गरेर यतायता नगरौ । हामी तानाशाही चलाउन दमन गर्न बहुमत चाहिएको हैन । यो एकता देश बनाउने सकंल्पकालागि हो । भष्ट्राचार नगर्नका निम्ति । म भ्रष्टाचार गर्दिन म भ्रष्टाचार गर्न दिन्न । एकता कोही पनि यस एकताबाट बिचलित हुनुपर्दैन । गरिवी र पछौटेपनका बिरुद्द हो । चुनावी घोषणापत्र पुरा गर्न हो । पार्टीका तल्ला निकायमा मिलाउने काम तीन महिनामा पुरा गरिनेछ ।
यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले भने – ६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीलाइ फेरि एकिकरण गरेका छौ । यस्तो एउटा ऐतिहासिक दिन । कमरेड मदन भण्डारी र जीवराज आश्रितको अवसान भएको दिन । हिजो दुईटा अध्यक्षको बीचमा छलफल गर्दा मैले भोली नै जेठ ३ गते नै एकता गरौ भनेर प्रस्ताव गरेको थिए । नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिक आन्दोलनमा योगदान गर्ने र अन्तराष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने हिसावले पनि यो एकता अर्थपूर्ण र बहुआयामिक छ ।
४६ सालको जनआन्दोलनले नयाँ परिस्थिति सृजना गर्यो । सामन्तवाद र निरकुंशताका बिरुद्द सबै कम्युनिष्ट शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने मान्यता स्थापित गर्यो । कम्युनिष्ट शक्तिहरु एक होउन भन्ने जनताको चाहाना थियो तर दुर्भाग्य कम्युनिष्टहरु विभाजित थिए । जनआन्दोलन जनचाहाना अनुसार भएको थियो । माले र माक्सबादी मिलेर एकिकृत बन्ने प्रकृया र विभिन्न बिचारमा विभाजित माओवादी बिचारमा आवद्दहरु एक भएर एकता केन्द्र बनाउने प्रकृया पनि त्यही बेला भएको हो ।
त्यो बेला मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाइ अघि बढाउने सपना देख्नु भएकैले आज यो एकता आज भयो । हामीले बैचारिक संघर्षका उतार चढाव पनि पार गर्दै आयो । अव देशले यो भन्दा बढी अस्थिरता र अराजकता धान्दैन र हामी कम्युनिष्ट नेता हुनुको अर्थ पनि छैन भन्ने ठानेर पार्टी एकताको पहल थालेका थियौ।
हामीलाइ विरोधी र हाम्रै समर्थकले पनि शंकाको नजरले हेर्ने गरेका थिए । उतारचढाव घुम्तिमोड र संघर्ष हुनु स्वभाविक हो । तर हामीले भन्यौ हामी एकता गरिछाड्छौ । जनताको अगाडी जे संकल्प गरेका थियौ त्यो पुरा गरेका छौ । अव मुख्य संकल्प जनतालाइ सुखी बनाउनु र स्वाधिनतालाइ बलियो बनाउनु हो । देशलाइ समाजवाद तर्फ लैजानु हो । हामी जनताको अघि गरेको प्रतिबद्दताबाट पछि हट्दैनौ ।
केही बर्षदेखि हामी कम्युनिष्टहरु बिचार सिद्दान्त र आदर्शमा स्खलन र कमजोरी हुँदै गयो । दैनिक स्वार्थ हावी हुँदै गयो । आजको दिनमा फेरि हामी सबैले संकल्प गर्नुपरेको छ । इतिहासमा संसार हल्लाउने गरि क्रान्ति भए तर सत्तामा पुगेपछि त्यति भ्रष्ट स्खलित र जनताले पिटिपिटी मार्नुपर्ने अवस्था भए । अव हामी संकल्प गरौ त्यस्तो हुन दिनेछैनौ । नयाँ ढंगको कम्युनिष्ट जनतासँग भिजेको बिश्व क्षेत्रिय र राष्ट्रिय परिस्थिति बुझ्न सक्ने जनताका लागि समर्पित हुनसक्ने कम्युनिष्ट पार्टी हुनुपर्छ । यो एकता त्यसकालागि पनि सफल हुनैपर्छ ।
धरै नेता ६० को वरिपरि र साठी नाघेका छौ । हिजो जनताको मुक्तिमा निम्ति भोकै र अनिदो रहेर बर्षौ खट्यो । आफ्नालाइ केही सोचेनौ । तर
म मर्न पाइन भनेर झगडा हुन्थ्यो हिजो युद्दमा तर अहिले म सांसद मन्त्री हुनै पर्यो म प्रधानमान्त्री हुनैपर्यो भन्ने प्रवृति देखिएजस्तो भएको छ । त्यो प्रवृति तोड्नै पर्छ । यो एकता त्यसैकालागि हो ।
पार्टी र जनताले मलाइ नेताको रुपमा राखिदिएको छ । हामीलाइ जनताले त्यही ठाउँमा पुराएका छन् । अवसर दिएका छन । मैले यो अवसर समाज र जनताको हितकै लागि लगाउनेछु ।
झण्डै आधा घण्टा बोल्दा दाहालले एकता पछि अव न एमाले छ न माओवादी केन्द्र छ भन्दै आग्रह र पुर्वाग्रह भन्दा माथि जनता छ भन्ने बुझेर अघि बढ्नुपर्नेमा जोडदिए ।
यस्तै घोषणापत्र बाचन गर्दै अर्का नेता माधवकुमार नेपालले भने– सानो दुखले बनेको हैन पार्टी । नेपाली कम्युनिष्टले इतिहास काम गरेका छन् । राजतन्त्रलाइ इतिहासको डष्टबिनमा फालिदिएका छौ । हाम्रा चुनौती पनि छन् । सरकारको जिम्मेवारी सुशासन र विकास तथा सुखी नेपालीको मन्त्रलाइ साकार पार्नुछ । पार्टी निर्माणको गहन जिम्मेवारी हाम्रो काधमा छ । जनताको सुख र दुखमा सँगै अघि बढ्नुपर्छ । ४ सय ४० केन्द्रीय कमिटी बनाएका छौ । ४५ सदस्यीय स्थायी समिति बनाएका छौ ।
संयुक्त घोषणापत्रमा वैचारिक राजनीतिक संघर्षका अनेक आरोह अवरोह पार गर्दै आज एमाले र माओवादी केन्द्र विघटन गरि नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौ ।
२०७४ साल असोज १७ गते ६ बुँदे सहमति गरेर चुनावमा एकभएर जाने घोषणासँगै अघि बढेका थियौ । संघीय संसदमा दुई तिहाइ नजिक र सात मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको प्रदेश सरकार बनाउन सफल भएका छौ ।
दुबै दलका अध्यक्षले पार्टी एकतालाइ सहज तुल्याउँदै नेतृत्व गर्दै आजको अवस्थामा आएका हौ । देशको आवश्यकता र देशको चाहाना पुरा भएको छ । एमालेले अवलम्वन गर्दै आएको जवज र एक्काइसौ शताब्दीको जनवादलाइ समाजवाद उम्मुख जनताको जनवादका रुपमा अघि बढाइने छ ।
समाजवाद स्थापनाको महान लक्ष्य पुरा गर्न दृढ छौ । शान्तिपुर्ण प्रतिष्प्रधा विधिको शासन सविधानको सर्वोच्चता बहुदलीय प्रतिष्पर्धा सहितको आवधिक निर्वाचन लगायत आधुनिक लोकतन्त्रका बिश्वब्यापी मुल्यमान्यतामा प्रतिवद्द छौ । स्वतन्त्र परराष्ट्र निति र राष्ट्रियहितकालागि पार्टी प्रतिवद्द छ । मार्गदर्शक सिद्दान्त माक्सवाद लेनिनबाद हुनेछ । आन्तरिक लोकतन्त्र र अनुशासन कायम गर्दै एकता महाधिवेशन सम्पन्न गर्नेछौ । सबैप्रकारका प्रतिकृयाबाद अवसरबाद र संकिर्णबादका बिरुद्द छौ । सम्वृद नेपाल र सुखि नेपालीको लक्ष्य पुरा गर्न राष्ट्रिय पुजी परिचालन गरिनेछ ।
नेपाल र नेपाली जनताको सर्वोपरि हितमा केन्द्रित रहेर अन्य कम्युनिष्ट पार्टी र श्रमिकहरुलाइ एकतामा सामेल हुन आग्रह गरेको छ ।
संविधान निर्माण र राष्ट्रिय एकता स्वाधिनता र सम्वृदि चाहने सबै खुसी हुनेमा हामी बिश्वस्त छौ ।एकिकरणमा योगदान पुर्याउने सबैलाइ धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनमा अझ सशक्त पार्टी निर्माणमा योगदान पुर्याउन सबैलाइ आब्हान गरेको छ । यो नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.