पाँच बर्षमा दोहोरो अंकको बृद्दी र दोब्बर आम्दानीको लक्ष्य

काठमाडौ । जेठ ८ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ ।पाँच बर्ष भित्र दोहोरो अंकको आर्थिक बृद्दि हासिल गर्ने लक्ष्य सहित सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा पाँच वर्षमा प्रतिवब्यक्ति आम्दानी दोब्बर तथा दोहोर अंकको आर्थिक बृद्दि हासिल गर्ने र आगामी बर्षलाई आधार बर्ष बनाउने लक्ष्य लिइएको छ ।
यसैगरी सरकारी बजेट नतिजामुखी बनाउँदै कृषिको व्यवसायिकरण गर्ने, उर्जा, उद्योग, यातायात तथा पुर्वधार विकास गरि पाँच बर्षभित्र प्रतिब्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य पनि निति तथा कार्यक्रममा छ । संघीय संसदको सोमबारको संयुक्त बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैकृषि उर्जा र पुर्वाधार विकास तथाशान्ति,विकास र सम्वृद्दीको लक्ष्य प्राथमिकता भएको बताउनुभयो ।
संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपति भण्डारीको सम्बोधन प्रति धन्यवाद प्रस्ताव पारित गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम माथि तीन दिन सम्म छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सरकारले जेठ १५ गते ब्यवस्थापिका संसदमा बजेट पेश गर्दैछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.