काठमाडौ । जेठ ८ । सुन तस्करीका नाइके भनिएका गोरे अर्थात चूडामणि उप्रेतीलाई छानविन समितिले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
काठमाडौ । जेठ ८ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई सरकारी छानविन समितिले पक्राउ गरेको हो ।गोरेलाई आज बिहान साढे पाँच बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको हो । छानविन समितिका संयोजक ईश्वरराज पौडेलले गोरेको बयानले प्रतिवादीहरु विरुद्धको अभियोग पुष्टी भएको बताउनुभयो । गोरेलाई आजै जिल्ला अदालत विराटनगरमा उपस्थित गराईने गृह मन्त्रालयले जनाएको छ ।
सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेतीसहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो ।जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख रुपैयाँ बिगो माग दाबी गर्दै सबै विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । गोरे सहित ३३ जनालाई फरारको सूचीमा राख्दै दर्ता गरिएको मुद्दामा अदालतमा थुनछेक बहस जारी छ ।