नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौा, ९ जेठ-रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम माथिको संशोधनको प्रस्ताव प्रस्तुत गर्दै उहााले ठूलो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धीको रक्षा र सम्मान गर्ने कार्यमा आगामी दिनमा कही कतैबाट कमी कम्जोरी नहोस् भन्नुभयो । डा. रिजाल सहित नेपाली काङग्रेसका १७ सासदहरुले संशोधनको सूचना दर्ता गराउनुभएको छ ।
कृषिलाई व्यवसायीकरण गर्ने, अर्गानीकलाई अभियानका रुपमा अघि बढाउने तथा सिचाईका कार्यक्रम विस्तार गर्ने भनिएपनि यसको कार्यान्वयको स्पष्ट खाका नरहेको उहाले टिप्पणी गर्नुभयो ।
स्व. मदन भण्डारीको नाममा हुलाकी राजमार्गलाई प्रतिस्पर्धी गर्ने ढंगबाट राजमार्ग निर्माण तराई क्षेत्रबाट आउन सक्ने आवाजलाई ध्यान दिन आवश्यक रहेको बताउदै सासद डा. रिजालले नीति तथा कार्यक्रमले आमजनतालाई निराशा र मतदाताको अपमान भएको आरोप लगाउनुभयो । सपना देखाएर मात्रै हुदैन, धरातललाई टेकेर बजेट ल्याउन सुझाव दिनुभयो ।
सघीय समाजवादी फोरम नेपालका प्रदीप यादव राज्यको ढुकुटी रित्तो रहेको अवस्थामा पाच बर्षभित्रमा सवै काम पुरा गर्दिन्छु भन्ने ढंगबाट ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा प्रसस्तै आशंका गर्ने ठाउ रहेको बताउनुभयो ।
उहाले नीति तथा कार्यक्रममा संविधान सशोधन नपर्नु दुखको विषय हो भन्दै तत्काल संविधान सशोधन गर्ने प्रतिबद्धता आउन आवश्यक रहेको बताउनुभयो ।
सोही पार्टीका राम सहायप्रसाद यादवले नीति तथा कार्यक्रमले मुलुकमा राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनका सहीदलाई अपमान गरेकाले त्यसलाई सच्याउन सुझाव दिनुभयो ।
सहिदको रगतको अपमान नहोस्, गणतन्त्र, सघीयताका लागि जीवन आहुती गर्ने सहिदको सम्मान गर्ने लगायतका विषयमा ५ बुद्धे सशोधन प्रस्तुत गर्नुभयो ।
साासद सुरेन्द्र कुमार यादवले सुनकोशी कमला डाइभर्सन, प्रत्येक सञ्चालित सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार र दरबन्दी कायम गरी शिक्षकको व्यवस्थापन गर्ने, प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना र सञ्चालन रहेको केन्द्रलाई कम्तिमा १५ शैयाको अस्पताल बनाइने छ भन्ने विषय थप्न सुझाव दिनुभयो ।
सोही दलका रेनुका गुरुङले नीति तथा कार्यक्रममा महिला विरुद्धको हरेक प्रकारका हिंसा निर्मुल गर्न महिलासाग विभेद हुने सबै विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गरिनेछ भन्ने विषय थप्न मागन गर्नुभयो ।
राष्ट्रिय जनता पार्टीर्र्र्र्र्र्र्र्र्र्र् नेपालका सासद अनिलकुमार झाले सहिदप्रति श्रद्धाञ्जलि गर्ने कुरामा पनि विभेद गरिएको उल्लेख गर्दै सबै आन्दोलनमा सहादत गर्नेलाई एकै किसिमको सम्मान गर्नुपर्ने र घाइतेको उपचारको विषय पनि नीतिमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सहिद परिवार र घाइते भई असक्त भएकाको जिविकोपार्जनको व्यवस्था गर्ने जिम्मा राज्यले लिनुपर्ने वियषय नीतिमा थप्न माग गर्नुभयो । उहााले मधेसी र अल्पसंख्यक समुदायका माग सम्बोधन गर्न संविधान संशोधन नभए शान्ति र स्थिरता कायम हुन नसक्ने जिकिर गर्नुभयो ।
सरकारको नीति तथा कार्यक्रममा विभिन्न राजनीतिक दलका २३ जना सासदहरुले १६ भन्दा बढी बुद्धामा संशोधन हाल्नुभएको छ । राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही ७ गते सघीय संसदमा प्रस्तुत गरी सम्वोधन गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.